२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकिकृत कारोबार गर्ने

युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकिकृत कारोबार गर्ने

1.1K
Shares

काठमाडौं – युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरु गर्ने भएका छन् । युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने सहमति भएको छ । गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।
शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij