२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ सम्पन्न

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ सम्पन्न

740
Shares

काठमाडौँ– १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।
एकभब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चँुनिदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनर अप भए । ‘मिनि ब्वाई’ तर्फ ओजस राज श्रेष्ठले शिर्ष उपाधि चुम्दा यही प्रतियोगीतामा क्रमश विभत्सु उपाध्याय, सक्क्षम थापा, जोसेफ पराजुली फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।
त्यस्तै ‘लिटिल गर्ल’ तर्फको उपाधि भने दर्शना संग्रौला हात पारिन् । यही प्रतियोगीता तर्फ आनिया शाक्य फष्ट रनरअप, संमृद्धी केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनर अप भए । ‘लिटिल ब्वाई’ तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभुषण केसी, नयन बाँनिया क्रमश फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बन्न सफल भए ।
बिभिन्न तामझाम सहित आयोजित कार्यक्रममा ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । यही प्रतियोगीतामा युरेका रिजाल फष्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’ तर्फको उपाधि भने स्वरुप केसी हात पारे । यही प्रतियोगीतामा प्रत्युस ढकाल र आरोज्ञ गिरी क्रमश फष्ट रनरअप, सेकेन्ड रनरअप भए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल हेड अफ एकडेमिक्स, माछापुन्छ«्र्र्रे आइबी वल्र्ड स्कुल), नेहरु जोशी (आइबिपीवाइपी कोअडिनेटर जिनियर्स आइबि वल्र्ड स्कुल), आकाश श्रेष्ठ (हेड अफ मार्केट्रिङ एण्ड कम्युनिकेसन युनिग्लोव स्कुल प्रोफेसनल एजुकेटर्स लिलिटेड), अमन हिटाङ (फाउन्डर प्रिन्सिपल संस्कार गुरुकुल), आशोक पाण्डे (प्रिसिन्सल अफ सेमरक निस्ट स्कुल) निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु एक दशक भन्दा बढी समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
७ वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत प्राप्त हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij