काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख १० हजारमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij