२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी होटलको आईपीओ बाँडफाँट हुने मिति तय

सिटी होटलको आईपीओ बाँडफाँट हुने मिति तय

975
Shares

काठमाडौं – सिटी होटल लिमिटेडको आईपीओ जेठ ५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । शुक्रवार बिहान ८ः३० बजे सिटी होटलमा आईपीओ बाँडफाँट हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको हो ।

कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जना आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यी आवेदक मध्येबाट भाग्यमानी १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij