काठमाडौं – नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।
सोमबार उनलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ। यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij