२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माई खोला हाइड्रोपावरको आइपिओ सूचीकृत

माई खोला हाइड्रोपावरको आइपिओ सूचीकृत

605
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार माई खोला हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ। कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरूलाई सहित) १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २० लाख कित्ता सहित उक्त सेयर नेप्सेमा सूचीकृत गरेको हो। कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसासम्मको लागि ओपनिङ रेन्ज तोकेको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।कम्पनीको ‘एमकेएचएल’ संकेतमा कारोबार खुला हुनेछ। त्यस्तै, सूचीकृतपछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल कमलादीबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij