२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति घोषणा

‘वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति घोषणा

785
Shares

काठमाडौं – ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ ।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति लक गरेको हो । यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । थियरटरका चर्चित गुरु सुवलमणी सापकोटाद्धारा १ महिना वर्कशप प्रशिक्षण गराएर चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । चलचित्र ४० खिचेर प्याकअप गरिएको थियो ।

यो चलचित्र केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, फेस्टिबलमा उपस्थित अतिथीले यसलाई मन पराएका थिए ।
यसअघि चलचित्रमा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायका कन्टेन्ट सार्वजनिक भएका छन् । यी प्रमोशनल कन्टेन्टलाई दर्शकले मन पराएका छन् ।
पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको चलचित्रको नाम पनि त्यहिँबाट सापट लिइएको हो । यसले स्थानियस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्टे«ेलिया, जापान लगायत युरोपका विभिन्न देशमा चलचित्रको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए । उनले भने, – ‘अवार्ड समारोहमा हेर्ने अतिथीले दिएको प्रतिक्रियाले उत्साहित छु । आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij