काठमाडौं– मोरङको बूढीगंगास्थित राठी समूहको म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भइरहेको छ । आज बिहान करिब २ बजेदेखि आगलागी सुरु भएको हो ।
बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यकिन कारण खुल्न बाँकी छ । उक्त उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्ने गर्छ ।
आगो निभाउन मोरङ र सुनसरीका १२ दमकल परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली आगलागी नियन्त्रणमा लिन खटिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij