काठमाडौं- एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्।एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो।
उनले आज (बुधबार) बाट आफ्नो कार्यभार सम्हालेका छन्। यो सँगै एनसेलका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्नेछन्।
जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भिओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।
उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव रहेको बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij