२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई प्रुडेन्सियलको एकीकृत कारोबार सुरु

आइएमई प्रुडेन्सियलको एकीकृत कारोबार सुरु

1.2K
Shares

काठमाडौं- आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आइएमई जनरल प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुई कम्पनीबीच मर्जर भएपछि बनेको कम्पनीको अध्यक्षको रूपमा हेमराज ढकालले शपथ लिएका छन् । यी दुई कम्पनीले गत माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए । बराबर हैसियतमा यी दुई कम्पनीले मर्जरमा जाने सहमति भएको थियो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेनसका सीईओ युगेशभक्त वादे श्रेष्ठ नै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij