२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अस्ट्रियाका राष्ट्रपतिबाट राजेशबाबु श्रेष्ठलाई विभूषण प्रदान

अस्ट्रियाका राष्ट्रपतिबाट राजेशबाबु श्रेष्ठलाई विभूषण प्रदान

775
Shares

काठमाडौं – अस्ट्रियाका राष्ट्रपतिबाट नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेका थिए ।

यसअघि, सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक वाणिज्यदूत स्व. लक्ष्मणबाबु श्रेष्ठलाई त्यहाँको सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij