२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको २२८औं शाखा गोंगबुमा

नेपाल बैंकको २२८औं शाखा गोंगबुमा

575
Shares

काठमाडौं– नेपाल बैंकले २२८औं शाखा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९ गोंगबुमा स्थापना गरेको छ। सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन्।

उक्त समाहरोह नेपाल बैंक, गोंगबु शाखाका शाखा प्रवन्धक दिपा खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। टोखा न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे अतिथी रहेका उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, मुख्य प्रवन्धक लेखनाथ भुषाल तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, व्यापारी, ग्राहक तथा सर्वसाधरणको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरूको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक आएको धारणा राखे।
टोखा न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरेले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए।

नेपालभर २२८ शाखा, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij