२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विराटनगरमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

विराटनगरमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

840
Shares

काठमाडौं – एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते (शनिबार) कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतीहरू रहने छन्।
विषेशगरी विदेशमा रहेका दाजुभाई तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्यहरू, आफन्त तथा साथिभाईसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यले एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको बताएको छ।

कार्यक्रम दिउँसो २ बजे बाट सुरू भई बेलुका ९ बजेसम्म आयोजना गरिने छ। कार्यक्रममा चर्चित गायक गायिकाहरू दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विषेश प्रस्तुतीहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसलबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन्। वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ।

यसैगरी, कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ।
यस सांगीतिक कार्यक्रमले विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरू र उनका नेपालमा रहेका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ।
कार्यक्रम स्थलमा रहने एनसेलको स्टलमार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा जानकारी लिन सकिने बताइएको छ। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात् प्रत्यक्ष प्रशारण हुने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij