२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन बीमा कम्पनी मर्जपछि भन्यो हिमालयन लाइफ, आजदेखि एकीकृत कारोबार

तीन बीमा कम्पनी मर्जपछि भन्यो हिमालयन लाइफ, आजदेखि एकीकृत कारोबार

960
Shares

काठमाडौं – प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जपछि आजबाट हिमालयन लाइफ कम्पनीको नामबाट एकिकृत कारोबार शुरु भएको छ । तीन वटा बीमा कम्पनी मर्जरपछि बन्ने हिमालयन लाइफ कम्पनीको चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँको हुने भएको छ । हाल प्राइमको २ अर्ब ७७ करोड ९६ लाख, युनियनको २ अर्ब १५ करोड र गुराँसको २ अर्ब ८ करोड ४२ लाख चुक्तापूँजी छ । मर्जपछि त्यो ७ अर्ब भन्दा बढी हुनेछ ।
मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ । यी तीनै वटा कम्पनीहरुलाई एक आपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमति पाएको थियो । यस्तै, नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृत पाएको थियो । मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।

गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् । बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ । मर्ज भएपछि त्यसको आकार ४० अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ ।
बीमा समितिले १ महीनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij