२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

820
Shares

काठमाडौं – सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य लगातार चार दिनदेखि स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij