२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

750
Shares

काठमाडौँ – शेयर बजारमा बिहीबार २ दशमलव २७ अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार रुपमा शेयर बजार ओरालो लागेको छ । आज २ अंकले ओरालो लागेको शेयर बजार परिसूचक १८८९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

बिहीबार २६९ कम्पनीका २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेस बिहीबार ० दशमलव ४६ अंकले घटेर ३६१ दशमलव ०९ अंकमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij