काठमाडाै– एभरेष्ट बैंकको सञ्चालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त भएका छन्। बैंकको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सञ्चालक अरुणमान शेरचनको राजीनामा स्वीकृत गरेसँगै श्रेष्ठलाई नियुक्त गरेको हो।
सञ्चालकको रूपमा श्रेष्ठको कार्यकाल चार वर्षको हुनेछ। श्रेष्ठ नेपालय प्रा.लिका टिम लीडर तथा अध्यक्ष समेत छन्। श्रेष्ठसँग योङ एसिया टिभीका कार्यकम प्रबन्धक, कान्तिपुर एफएममा कार्यकम प्रस्तोता तथा कार्यक्रम प्रबन्धकको रूपमा काम गरेको अनुभव छ।
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त किङ्स कलेजबाट श्रेष्ठले एमबिए गरेका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij