काठमाडौं – नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ ।
यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij