२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साहित्यकार रेणु अधिकारीको लघुकथा संग्रह ‘एक पोल्टो बादल’ सार्वजनिक

साहित्यकार रेणु अधिकारीको लघुकथा संग्रह ‘एक पोल्टो बादल’ सार्वजनिक

1.9K
Shares

काठमाडौ – साहित्यकार रेणु अधिकारी (मौनता) को लघुकथा संग्रह ” एक पोल्टो बादल ” लोकार्पण भएको छ । उनको आफ्नो जन्मदिनको अवसरमा मंगलबार उक्त कृति सार्वजनिक भएको हो ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रा. डा. कपिल लामिछाने, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, लेखक रेणु अधिकारी (मौनता) लगायतका साहित्यकारहरुले संयुक्त रुपमा बिमोचन गरेका छन ।


पुस्तकमा ४३ वटा लघु कथाहरु संग्रहित रहेका छन ।
पुस्तक अक्षरधाम प्रकाशन प्रालिले प्रकाशन गरेको हो । बिमोचन कार्यकम भने कल्पलता द्द्मासिक साहित्यिक पत्रीकाले गरेको थियो ।
लघुकथा संग्रहमा विभिन्न विषयबस्तुलाई समेटिएका छन । कार्यक्रममा विभिन्न साहित्यकार, जनप्रतिनिधि, साहित्यप्रेमीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij