२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिटी होटलको आइपिओ बाँडफाँट

सिटी होटलको आइपिओ बाँडफाँट

930
Shares

काठमाडौं– सिटी होटल लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो।
बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १६ हजार ७४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीको सेयरमा १९ हजार ७४८ आवेदनबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो।

जसमध्ये १९ हजार ७३९ आवेदन स्वीकृत भएको छ भने ९ आवेदन रद्द भएको बिक्री प्रवन्धकले जानकारी दिएको छ। कम्पनीले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका निष्कासन गरेको हो। यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि वैशाख २५ गतेदेखि निष्कासन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij