२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकका ग्राहकले भारतको अपोलो हस्पिटलमा छुट पाउने

सनराइज बैंकका ग्राहकले भारतको अपोलो हस्पिटलमा छुट पाउने

760
Shares

काठमाडौं- सनराइज बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिन भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौताअनुसार अब सनराइज बैंकका सबै ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचार गराउँदा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन्।

योसँगै सनराइजका बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्च लगायतमा १० प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै सम्पूर्ण मेडिकल ‘अपोइन्टमेन्ट’ को समन्वय, विमानस्थलमा ल्याउने–पुर्‍याउने लगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटल अन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट पाइने बैंकले जनाएको छ।

यो योजनाले सबै ग्राहकलाई लाभान्वित बनाउने आशा बैंकको छ। भारतमा उपचारका लागि जाने आम नेपालीका लागि लक्षित गरेर सनराइजले छुट्टै हेल्थ-केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij