२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

735
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.८० अंकले घटेर एक हजार ८ सय ८५ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

आइतबार २६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता शेयर ३१ हजार ४१५ पटक किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेस पनि आइतबार ४ अंकले घटको छ । ४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५९ दशमलव १३ अंकमा झरेको छ । यो अघिल्लो कारोबार भन्दा १.१० प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij