२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मौलाकाली केबुलकार सञ्चालनमा

मौलाकाली केबुलकार सञ्चालनमा

990
Shares

नवलपुर -नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबुलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर  सेवा सुरू गरिएको मौलाकाली केबुलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए। शुक्रबार  ६ बजेदेखि केबुलकार सञ्चालनमा आएको हो।

केबुलकारको बटम स्टेसनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए।

केबुलकारमार्फत् मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला छन्।

हाल केबुलकारले दुईतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।उनका अनुसार केबुलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरूका  लागि रु २७५ को टिकट दर राखिएको छ।

केबुलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरूको लागि नि:शुल्क सेवा दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij