२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेको नयाँ अफर

आइएमई पेको नयाँ अफर

1.3K
Shares

काठमाडाै‌ – आइएमई पेले वालेट-टू-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै नयाँ अफर सार्वजनिक गरेको छ। आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को आइएमई पेले ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको हो।

यो अफर बुधबार (चैत २९ गते)देखि लागू भएको छ भने २०८० भाद्र २६ गतेसम्म चल्नेछ। अफरअन्तर्गत ग्राहकले आइएमई पेमा वालेट-टू-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच जित्ने मौका पाउनेछन्।

पाँच महिनासम्म चल्ने यस अफरअन्तर्गत प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनौट गरिनेछ। विजेता छनौट गोलाप्रथाबाट हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर(पिटूपि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका लागि यस प्रकारको अफर सार्वनजिक गरिएको हो। साथै ग्राहकहरूलाई विद्युतीय भुक्त्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij