काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुनः मतदान हुँदै छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन् ।
आज दिउँसो २ देखि बेलुका ५ बजेसम्म पुनः मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । पुनः मतदान काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै हुनेछ ।
दोस्रो चरणमा वरिष्ठ उपाध्यक्षका उमेदवारद्वय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा तीन उमेदवारमध्ये सबैभन्दा कम मतभार पाएर रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij