काठमाडौं । नेपाल बिमा प्राधिकरणले चारवटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणका अनुसार प्रोटेक्टिभ माइक्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय भएको हो ।
प्राधिकरणले सातवटा लघुबिमाका लागि लाइसेन्स खुलाएको थियो । निवेदन दिएका सातमध्ये पुँजी जुटाएका चारवटा लघुबिमालाई लाइसेन्स दिएको छ भने बाँकी पुँजी नजुटाएका स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको छैन ।
प्राधिकरणले पहिलोपटक तोकेको समयमा यी लघुबिमाले पुँजी जुटाउन सकेका छैनन् । यी कम्पनीहरुलाई प्राधिकरणले पुँजी जुटाउन ४५ दिनको समय थप गरिदिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij