२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँट

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँट

1.1K
Shares

काठमाडाै‌‍‍- मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल १ लाख ३३ हजार ७३० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत् सेयर पाएका छन्।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। कम्पनीको आइपिओमा कुल १३ लाख ४० हजार ८५१ जना आवेदकले आवेदन दिएकोमा ५९ हजार ४४९ जनाको आवेदन भने रद्द भएको कम्पनीले बताएको छ।

कम्पनीले चैत १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ३७ हजार ३०२ कित्ता आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ हजार २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij