काठमाडौं- बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। मृतक सबै एकै गाउँका हुन् ।
दुर्घटनाको समयमा जिपमा १२ जना थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij