काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ८ खर्बको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा ७ खर्ब ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij