काठमाडौं – मंगलबार शेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको हो । मंगलबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक २७ दशमलव ३१ अंकले बढेको छ । आजको कारोबार हुँदा १८७१ दशमलव ३३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.४८ प्रतिशतले बढी हो ।
मंगलबार २६२ कम्पनीका ३३ लाख १५ हजार ७४० कित्ता शेयर किनबेचबाट ९२ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डक्स पनि मंगलबार ५ दशमलव ७९ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा ३५५ दशमलव ४५ अंकमा पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij