२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनउत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

जनउत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

1.6K
Shares

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा आइतवार रुपन्देहीमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको शून्य दशमलव ७८९५ प्रतिशतले हुन आउने रकम ११ लाख ६७ हजार ६७९ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु.२ करोड २१ लाख ८५ हजार ९०० बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले अधिकृत पूँजी २५ करोड रुपैयाँबाट वृद्धि गरी रु ५० करोड पुर्‍याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिइ कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्ति/ समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका निर्णयहरु पारित गरेकोे छ ।

सभामा कम्पनीको सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्मा,कम्पनीका पूर्व अध्यक्ष तथा संस्थापक डा.यम बहादुर बि.के., पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत/ कम्पनी सचिव सूर्य प्रसाद उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij