काठमाडौँ – राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एसोसिएनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष)मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जीव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा सञ्जय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादव, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा सालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकर प्रसाद रिजाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन् ।
त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिव (पुरुष) मा नारायण खतिवडा, सचिव (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् ।
सभाले खुल्ला सदस्यहरूमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देवी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजीत कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाति) मा ओमराज लिम्बू रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij