काठमाडौं – एनआइसी एशिया बैंकका ग्राहकहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।
‘डिजिटल फर्ष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ।
सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन्।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij