२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

595
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिको चैत २५ गते सम्पन्न बैठकले २९ गते हुने निर्वाचनको समय तालिका सर्वजनिक गरेको हो । समितिका अनुसार मतदान समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म रहेको छ । निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

वरिष्ठ उपाध्यक्षका उमेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाए चैत ३० गते निर्वाचन हुने बताइएको छ । महासंघको निर्वाचन समितिले प्रकासित गरेको सुचनामा कुनै पनि वरिष्ठ उपाध्यक्षका उमेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाए चैत ३० गते बिहान ११ बजेदेखि मतदान सुरु हुने उल्लेख छ ।
महासंघको ५७औँ साधारणसभामा वरिष्ठ उपाध्यक्षमा तीनजना उमेदवारी दिएका छन् । वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

समितिले मोबाइलबाहेक क्यामरा, लाइटरलगायतका प्रज्वलनशील वस्तु लैजान रोक लगाएको छ । मतदान गर्न जाँदा आफन्त वा सुरक्षाकर्मीलाई बुझाउनसमेत अनुरोध गरिएको छ । समितिले जिल्लानगर र वस्तुगतका लागि एक मतदान केन्द्र र एसोसिएटका लागि मतदान तीन केन्द्र तोकेको छ ।
समितिले जिल्लानगर समूहका सबै पदका लागि रातो, वस्तुगत समूहका सबै पदका लागि निलो र एसोसिएटको सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरेको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उमेदवारहरूले तीन÷तीनजना मतदान र मतगणना प्रतिनिधि राख्न सक्ने व्यवस्था गरिएको छ । मतदान सुरु हुनुभन्दा अघि नै प्रतिनिधि तोकि पठाउन पनि सूचीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij