काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा तीनजनासहित ११९ जनाले नाम दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ गते हुने कार्यसमिति चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। महासंघ निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको सूची प्रकाशन गरेको छ।
वरिष्ठ उपाध्यक्ष एक जनाका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij