२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन–चाँदीको मुल्य बढ्यो

सुन–चाँदीको मुल्य बढ्यो

695
Shares

काठमाडौं– मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij