२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी होटलको आइपिओ खुल्यो

सिटी होटलको आइपिओ खुल्यो

650
Shares

काठमाडौं– सिटी होटल लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्पनीले निष्कासन गरेको हो।

यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि भने कम्पनीले वैशाख २५ गतेदेखि निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै, सर्वसाधारण लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ। दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ।
यस आधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ। हायात प्लेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij