२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

635
Shares

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार पनि धितोपत्र दोस्रो बजारमा उत्साह देखिएन । आइतबार २० अंकले घटेको बजार आज १६.६७ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा आज एक अर्बको पनि सेयर कारोबार भएन ।

सोमबार बजार १८.७१.८८ विन्दुमा झरेको छ भने ९२ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज प्रभु बैंक डिभेन्चरको ८.५ प्रतिशतले घटेको छ । यो धितोपत्रको मूल्य गत कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ । त्यस्तै, एसियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij