२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता

590
Shares

काठमाडौं – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बिच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू मेगा क्यापिटल मार्केट्स लिमिटेडमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij