२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

1.2K
Shares

काठमाडौँ – नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई सञ्चालक पदमा नियुक्त भएका छन् ।

साथै स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई पनि नियुक्त गरिएको छ । चैत १४ मा बसेको एनसीएचएलको २०६ औँ सञ्चालक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij