२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ बर्षमा इलेक्ट्रिक स्कुटर आइमामा उपहार

नयाँ बर्षमा इलेक्ट्रिक स्कुटर आइमामा उपहार

1.8K
Shares

काठमाडाै‌– नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको हिमाल ईभी मोटर्सले ‘नयाँ बर्षको बहार आइमामा उपहार’ नामक नयाँ वर्ष अफर ल्याएको छ ।
यस अन्तर्गत आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट प्राप्त हुनेछ । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडलका स्कुटरहरुमा बम्पर छुटको अवसर लिएर आएको बताएको छ ।
यो बम्पर छुटको अभियान अन्र्तगत ग्राहकहरूले १ लाख ८४ हजार मूल्यको टाइगर एस३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
यी दुबै मोडलहरुको छुट पछिको मूल्य क्रमशः १ लाख ६० हजार र ३ लाख ५ हजार मात्र हुनेछ । ग्राहकहरूले आइमाको बम्पर नगद छुट मात्र नभई हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन् ।
साथै चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।
ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुममा आई साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधा समेत उपलब्ध छ ।
चैत्र १५ गते देखि प्रारम्भ भएको यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुने कम्पनीको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij