२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन–चाँदीको मूल्य घट्यो

सुन–चाँदीको मूल्य घट्यो

850
Shares

काठमाडाै‌ – सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij