२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक २०८० सालमा कुन-कुन दिन बिदा हुन्छ ? (सूचीसहित)

बैंक २०८० सालमा कुन-कुन दिन बिदा हुन्छ ? (सूचीसहित)

1.8K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।

१ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij