२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट मिति तय

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट मिति तय

935
Shares

काठमाडौं – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएकाे हाे ।

शुक्रबार बिहाना ११ बजे शेयर बाँडफाँट गरिने छ । फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशन गरिएको थियो । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १५ लाख भन्दा बढीले आवेदन दिएका छन् । जसबाट १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयर माग भएको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँछ गोलाप्रथाबाट गरिने छ । जसमामा न्युनतम १० कित्तााको दरले शेयर वितरण हुने र ८ हजार ९५ जनाले मात्रै शेयर पाउने छन् । अन्य आवेदकको हात खाली हुने छ ।Shine

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij