२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

815
Shares

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कार्य हिमालयन क्यापिटलबाट हुनेछन् । कम्पनीले चैत १ गतेदेखि लागू हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको हो ।

साथै हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवासम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक काम कारबाही सम्पन्न गर्नका निम्ति चैत १ गतेदेखि ७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij