२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक छ – प्रधानमन्त्री

नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक छ – प्रधानमन्त्री

890
Shares

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए ।

नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उनले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत वस्तुको निर्यात बढ्न सक्ने उनले बताए । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले उल्लेख गरे ।

चीनका राजदूत छन् सोङले चीन नेपालको ठूलो विदेशी लगानी भएको देश भएको र दोस्रो व्यापार साझेदार भएको बताए । कोरोनापछि अब चिनियाँहरू नेपाल घुम्न आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij