काठमाडौं– सिटिजन्स बैंक र कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सम्झौता भएको छ। बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री विभिन्न सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ।
यो बैंकले देशैभर फैलिएका आफ्ना १८२ शाखा, १३४ एटिएम र ९७ शाखारहित बैंकिङ इएकाईबाट सेवा दिँदै आएको छ। हाल बैंकका १५ लाख ९५ हजार ग्राहक छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij