काठमाडौं– आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतिय भुक्तानी सेवा प्रधानकर्ताको रूपमा रहने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ग्राहकले नेपाल एयरलाइनसको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल एयरलाइनसको वेबसाइटमा गई आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ।
ग्राहकहरूलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतीय भुक्तानीलाई बढाउने उद्देश्यले उक्त सम्झौता गरिएको कम्पनीको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij