२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

1.7K
Shares

काठमाडौं- कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिबाट बैंक सञ्चालक समितिको अध्यक्ष पदमा उनी नियुक्त भएका हुन् ।

अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।नवनियूक्त अध्यक्षले निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजस्व सचिवबाट गत साउन २४ गते अनिवार्य अवकास पाएका थिए ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरागाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij