२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २३ अंकले घट्यो

नेप्से २३ अंकले घट्यो

645
Shares

काठमाडौं – निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ ।

सोमबार २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij